जे एस मुरारका बहुमुखि क्याम्पस लहानमा समाजबादी बिद्यार्थी युनियन नेपालको कार्यक्रम सम्पन्न, नयाँ क्याम्पस एकाई कमिटी गठन(तस्बिरहरू)

जनजागरण संवादाता / रामशंकर यादव

लहान, १८ फागुन – जन्ता समाजबादी पार्टी नेपाल (जसपा) का भातृ संगठन समाजबादी बिद्यार्थी युनियन नेपाल (स वि यु) ले जे एस मुरारका बहुमुखि क्याम्पस लहानमा एक समृद्ध कार्यक्रम आयोजना गर्दै नयाँ क्याम्पस एकाई कमिटी गठन गरेको छ।

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष उमेश कुमार साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रदेश अध्यक्ष दिपेश यादव उपस्थित थिए। विशिष्ट अतिथिको रूपमा मधेश प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव, केन्द्रीय उपाध्यक्ष चिरञ्जीवी यादव, उमेश कुमार यादव र अन्य विद्यार्थी नेताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रमको दौरान, विशेष अतिथि चन्द्रशेखर यादवले बिद्यार्थी राजनीति र सामाजिक न्यायका महत्त्वपूर्ण विषयमा विचार राख्दै युवापिढीलाई सशक्त र सक्रिय भूमिकामा उभिन आह्वान गरेका थिए। उनले बिद्यार्थी राजनीति समाजको प्रत्येक पाटोमा सुधार ल्याउने शक्ति भएको बताउँदै, यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई यसमा सक्रिय बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर दिने धारणा व्यक्त गरे।

कार्यक्रमको समापनमा, सिकेन्द्र सिंहको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस एकाई कमिटी गठन गरिएको छ। नयाँ कमिटीको गठनसँगै क्याम्पसमा सक्रियता र प्रभावकारी नेतृत्वको सम्भावना देखिएको छ र यसले भविष्यमा सामाजिक र राजनीतिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण कदम चाल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ