धर्म संस्कृति र आस्थाको महिमा उजागर गर्दै सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका २ का उतिम यादव र रामकरन (नितेश) यादवले एक हप्ते भागवत पुराण कथा र अस्टजाम आरम्भ गरे

सिरहा २८ माघ / लक्ष्मीपुर पतारी गाउँपालिका २, पर्सा: धर्म र संस्कृति लोप हुँदै गएको यो आधुनिक युगमा, सिरहा जिल्लाका उतिम यादव र उनका नाति रामकरन (नितेश) यादवले समाजमा एक सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ माघ २५ गते देखि एक हप्ते भागवत पुराण कथा र अस्टजाम सुरु गरेका छन्। यस कार्यले न केवल आफ्नै समुदायलाई, बल्कि समग्र समाजलाई सनातन धर्मको महत्व र आस्थाको पुनः जागरण गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

रामकरन यादव (नितेश)का अनुसार, “हामीलाई थाहा छ कि यत्रा, पूजा र धार्मिक कार्यमा धन ठूलो कुरा होइन, तर साँचो आस्था र विश्वासले नै हाम्रो जीवनलाई समृद्ध बनाउन सक्छ। यस कार्यको माध्यमबाट हामी आफ्ना धर्म आस्थालाई अझ दृढ बनाउने छौं र आफ्नो समुदायमा एक सकारात्मक परिवर्तन ल्याउने छौं।”

उतिम यादव र नाति रामकरन यादवका यस्ता धार्मिक आयोजनाले समाजमा धर्म र संस्कृति प्रति आस्थाको सशक्त उद्घाटन गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

यस कृतिको उद्देश्य केवल धार्मिक अनुष्ठान मात्र नभइ समाजमा धर्मको गहिरो प्रभाव र महत्वलाई प्रकट गर्नु हो। आस्था र विश्वासका साथ गरिएको यस प्रकारको धार्मिक कार्यक्रमले परिवार र समाजमा सकारात्मक सन्देश फैलाउने छ भन्ने विश्वास व्यक्त गरिएको छ।

समाजमा धर्मको जिवन्तता र यसको वास्तविक महिमा उजागर गर्नका लागि यस्ता आयोजकहरूका प्रयासको प्रशंसा भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ