सिरहा पोखरभिन्ड्डा पर्सा बासी शास्त्रीय संगीत सम्राट स्व. गुरुदेव कामतलाई मरणोपरान्त अमित झा स्मृति साहित्य र संगीत पुरस्कार प्रदान

जनजागरण प्रमुख : चन्द्रशेखर यादव

जनकपुरधाम, २५ माघ – शास्त्रीय संगीतका प्रमुख व्यक्तित्व, स्व. गुरुदेव कामत (बबरिया) लाई मरणोपरान्त अमित झा स्मृति साहित्य र संगीत पुरस्कार प्रदान गरिएको छ। सिरहाको लक्ष्मीपुर पतारि गाउँपालिका वडा नं. २ पोखरभिन्ड्डा पर्सा गाउँका एक सामान्य परिवारमा जन्मेका गुरुदेव कामत मधेशको शास्त्रीय संगीत संसारमा एक प्रमुख नाम बनि संगीत क्षेत्रलाई नयाँ दिशा दिएका थिए।

उनको योगदानको सम्मान गर्दै आज जनकपुर साहित्य महोत्सवको ६ औं संस्करणको उद्घाटन समारोहमा यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरणका क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र स्व. अमित झाका पिता रामनारायण झाले पुरस्कार प्रदान गरे। पुरस्कारको राशी १ लाख ५ हजार नगद थियो।

स्व. गुरुदेव कामतका श्रीमती सगुनवती देवी कामत र छोरा समिर कामतले यो पुरस्कार प्राप्त गरे।

यसैगरी, सोही समारोहमा क्यान्सरबाट पीडित मैथिलीका चर्चित गीतकार अशोक दत्तलाई ५१ हजार रुपैया आर्थिक सहयोग पनि प्रदान गरिएको छ, जसको उपचारका लागि यो सहयोग दिइएको हो।

यस अवसरमा शास्त्रीय संगीतका क्षेत्रका प्रतिष्ठित कलाकार र संगीत प्रेमीहरूले स्व. गुरुदेव कामतको योगदानलाई उच्च सम्मानका साथ श्रद्धांजलि अर्पण गरे, जसले शास्त्रीय संगीतको क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ