महिला अधिकार र आर्थिक शशक्तिकरणमा सामुदायिक संवाद कार्यक्रम सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकामा सम्पन्न(तस्बिरहरु)

सिजनजागरण सम्बादाता / रामशंकर यादव
सिरहा १६ पौष / सोमबार लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा “महिला अधिकार र आर्थिक शशक्तिकरण” विषयमा आयोजना गरिएको सामुदायिक संवाद कार्यक्रम ठूलो सफलता सँग सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता सोही वडा अध्यक्ष रामचन्द्र चौधरीले गरेका थिए भने विशिष्ट वक्ता समाजवादी विद्यार्थी युनियन मधेश प्रदेशका उपाध्यक्ष तथा लोक प्रिय युवा नेता चन्द्रशेखर यादव रहेका थिए।

कार्यक्रममा चन्द्रशेखर यादवले महिला शशक्तिकरणका विषयमा जोडदार बहस गर्दै महिलाहरूको अधिकार र आर्थिक शशक्तिकरणको महत्त्वलाई स्पष्ट पारेका थिए। उनले महिलाहरूको सशक्तीकरणमा सरकारको भूमिका र समाजको साझा जिम्मेवारीको कुरा गर्दै सबैलाई महिला अधिकारको सम्मान र समृद्धिको लागि एकजुट हुन आह्वान गरे।

यस कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरू, शिक्षक, राजनीति कर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र समाजसेवीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा महिला अधिकार र आर्थिक सशक्तिकरणको सम्बन्धमा विभिन्न दृष्टिकोण प्रस्तुत गरिएका थिए र यसले उपस्थित सबैलाई नयाँ सोच र प्रेरणा दिने काम गर्‍यो।

समारोह भव्य तरिकामा सम्पन्न भएकोमा आयोजक दिदीबहिनी संस्था काठमाण्डौ र अन्य सहयोगी संस्थाका कार्यकर्ताहरूले सराहना प्राप्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ