पत्रकारहरुको लिडरको रुपमा उदाएका बनैता महासंघ कोे निर्वाचन मा पुनह दोस्रो पटक सिरहा जिल्ला अध्यक्षमा निर्वाचित।

सिरहा ३० मंसिर / नेपाल पत्रकार महासंघ सिराहा शाखाको निर्वाचन २०८१ मंसिर २८ गते सम्पन्न भएको छ, जसमा मनोज यादव बनैता पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। बनैता अध्यक्ष पदमा आफ्नो पहिलो कार्यकालमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई, जिल्लामा राम्रो प्रतिष्ठा कमाएका छन्। उनले पत्रकारिता क्षेत्रका हक र अधिकारको रक्षा गर्ने काममा विशेष पहल गरेका छन् र पत्रकारहरूको समस्याको समाधानमा सक्रिय भूमिका खेलेका छन्।

निर्वाचनमा बनैता का प्रतिस्पर्धी राम बाबू यादव र हिरालाल चौधरी थिए, तर उनले आफ्नो इमान्दारी र कार्यक्षमताका आधारमा प्रतिस्पर्धीहरूलाई पराजित गर्दै पुनः अध्यक्ष पदमा विजय प्राप्त गरे। बनैता को नेतृत्वमा महासंघले नयाँ दिशा र बलियो प्रतिष्ठा प्राप्त गरेको छ। उनका कार्यक्षेत्रमा गरेका योगदानका कारण उनी जिल्लामा एक चिर परिचित र इमान्दार पत्रकारको रूपमा ख्याती कमाएका छन्।

उनका अनुसार, आगामी कार्यकालमा पत्रकारहरूको सामाजिक र भौतिक स्थितिमा सुधार ल्याउने, पत्रकारिता अभ्यासलाई अझ मजबुत बनाउने र नयाँ पत्रकारहरूको हकहितको रक्षा गर्ने उद्देश्य राखिएका छन्। उनका योजनाहरूले पत्रकार महासंघलाई अझ शक्तिशाली र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ