सुर्खेतबाट हुम्ला ,मुगु र जुम्लामा नियमित उडान सुरू

सुर्खेत – लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।

बुधवारदेखि सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। तारा एयर नेपालगन्जका स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ ।

हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा विमानस्थलमा उडान गर्ने उनले जानकारी दिए ।

त्यसका लागि सुर्खेत– सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ