“देशका प्रत्येक उत्पिडित वर्गको अधिकारको लागि लड्ने एक मात्र पार्टी जसपा नेपाल हो: पूर्व मन्त्री राजकिशोर यादव”

जनजागरण संवादाता / रामशंकर यादव

सिरहा २५ कार्तिक / सिरहा काे नबराजपुर गाउँपालिकामा आयोजित जसपा नेपालको संगठन सुदृढीकरण कार्यक्रमको प्रमुख अतिथि, जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री र सिरहा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य, राजकिशोर यादवले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै पार्टीको आगामी योजनाबद्ध गतिविधिहरू र संगठन सुदृढीकरणको महत्त्व बारेमा विस्तृत कुरा राखेका थिए।

उहाँले आफ्नो वक्तव्यमा भने, “हामी सबैको साझा उद्देश्य भनेको जनतासँगको सञ्जाललाई अझ मजबुत बनाउनु हो। जसपा नेपाल केवल एक राजनीतिक दल मात्र होइन, यो जनताको अधिकार र समानताका लागि सङ्घर्ष गर्ने बलियो संस्था हो। यस पार्टीले सधैं जनताका समस्याहरूलाई प्राथमिकता दिएको छ र त्यसका समाधानका लागि क्रियाशील छ।”

राजकिशोर यादवले पार्टीको संगठनलाई सुदृढ बनाउनका लागि सबै कार्यकर्ताहरू र नेताहरूको एकता र समर्पण आवश्यक रहेको उल्लेख गर्दै भने, “हामी सबैको एकतामा नै जसपा नेपालको भविष्य लुकेको छ। यहाँ उपस्थित हामी सबैको कर्तव्य हो, कि हामी पार्टीको नीतिहरू र विचारधारालाई जनतासम्म पुर्‍याउँछौं र समाजमा सकारात्मक परिवर्तन ल्याउन लाग्छौं।”

उहाँले पार्टीको आगामी योजनामा समावेश गरीन्छ भनेका बिषयमा पनि कुरा राख्दै थप्नुभयो, “हामी सामाजिक र आर्थिक रूपमा पिछडिएका समुदायहरूको लागि विशेष योजनाहरू ल्याउनेछौं। जसमा शिक्षा, स्वास्थ्य, बेरोजगारी, महिला सशक्तिकरण जस्ता महत्त्वपूर्ण मुद्दाहरूलाई प्राथमिकता दिइनेछ।”

अन्त्यमा, राजकिशोर यादवले युवा र महिलाहरूको सक्रिय सहभागितामा जोड दिँदै भने, “हामीलाई आगामी चुनावमा राम्रो परिणाम ल्याउनका लागि सबैको सहयोग र समर्थन चाहिन्छ। यो केवल नेता र कार्यकर्ताको मात्र कर्तव्य होइन, जनताको पनि जिम्मेवारी हो कि उनीहरूले हाम्रो योजनालाई आफ्नो जीवनमा उतार्नेछन्।”

उहाँले सबैलाई पार्टीको नीति र उद्देश्यसँग एकजुट भएर काम गर्न आग्रह गर्दै, कार्यक्रमलाई सफल बनाउन सबैको सक्रियता आवश्यक रहेको बताएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ