डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

पौडेलले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुदृढ हुने विश्वास गरेका छन् ।

उनले लेखेका छन्त, ‘तपाईलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सफलताको शुभकामना ।’ अगाडि लेखेका छन्, ‘तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ सुमधुर हुँदै जानेमा म विश्वस्त छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ