जनता सङ्ग जसपा नेपाल सङ्गठन सुदृढीकरण अभियान सखुवानन्कार्कट्टी मा सम्पन्न।(तस्बिरहरु)

सिरहा ११ कार्तिक / सिरहाको सखुवानन्कार्कट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत बिस्तारित बैठक र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष सत्यलाल यादवले गरेका थिए, भने प्रमुख आतिथ्य केन्द्रीय अभियन्ता तथा प्रदेश सांसद ललिता दासले प्रदान गरिन।

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा  रसना यादव, विद्यार्थीको प्रदेश अध्यक्ष श्री दिपेश यादव, जिल्ला समन्वय समितिका प्रमुख श्री दिनेश कुमार महतो, र क्षेत्रीय अध्यक्ष श्री प्रयागलाल यादवको उपस्थिति उल्लेखनीय रहेको थियो।

विशेष अतिथि दिपेश यादवले आफ्नो वक्तव्यमा पार्टीको संगठनात्मक संरचनालाई सुदृढीकरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। उनले जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस प्रकारका कार्यक्रमहरूले जनताको चासो र सहभागिता बढाउनेमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

सखुवा नन्कार्कट्टीका सम्पूर्ण नेतागणलाई हार्दिक आभार व्यक्त गर्दै, कार्यक्रमले पार्टीको आधारभूत संरचना सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूको सक्रिय सहभागिताले पार्टीको भविष्यको योजनाहरूमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस अभियानले स्थानीय नेताहरूलाई एकीकृत गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। कार्यक्रममा सहभागिता जनाउने सबै नेता र कार्यकर्ता प्रति धन्यवाद ज्ञापन गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ