काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फेरि भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूस पुगेको मोदीले पुटिनसँग मंगलबार द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पुटिनसँग रूस–युक्रेनबीच जारी युद्धबारे कुराकानी गरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ ।
रूस र युक्रेनबीच जारी संघर्षको विषयमा हामी लगातार सम्पर्कमा छौँ,’ मोदीले पुटिनसँग भने, ‘समस्याको समाधान शान्तिपूर्ण तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।’
जवाफमा रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको भेटका क्रममा भएको कुराकानी र टेलिफोनमा गरिएको कुराकानी आफूलाई स्मरण रहेको बताए।

