सिरहा २८ असोज / नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, बरियारपट्टी शाखा द्वारा आयोजित एक विशेष कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितिमा गरगम्मा, बरीयारपट्टी वार्ड नं १ स्थित श्री सरस्वती आधारभूत विद्यालयका छात्राहरूका लागि विद्यालयका व्याग, पोशाक र अध्ययन सामग्रीहरूको वितरण गरिएको छ।
कार्यक्रममा गा.पा. अध्यक्ष सन्तोष कुमार महतो प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनले छात्राहरूको शिक्षामा सघाउनका लागि यस किसिमका कार्यक्रमहरूको महत्वलाई जोड दिएका थिए।
महतोले भने, “शिक्षा सबैका लागि महत्वपूर्ण छ, र यस किसिमका सहयोगले विद्यार्थीहरूको विकासमा योगदान पुर्याउँछ।”
कार्यक्रमले विद्यालयका बच्चाहरूलाई शिक्षा र विकासमा सहयोग पुर्याउने आशा व्यक्त गर्दै सबैलाई एकजुट भएर काम गर्न प्रेरित गर्यो।




