जनजागरण संवादाता
भारत २५ असोज / भारत बिहारको मधुबनी जिल्लास्थित पिपराही बजारमा वार्षिक दुर्गा माता मेला बिहीबार भव्य रूपमा उद्घाटन गरिएको छ। नेपाल सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले मेलाको उद्घाटन गर्दै यसलाई धार्मिक र सांस्कृतिक धरोहरको रूपमा महत्व दिने कुरा बताएका छन्।


उद्घाटन समारोहमा अध्यक्ष महतोले दुर्गा माता मेला स्थानीय बासिन्दाहरूको लागि मात्र होइन, वरपरका क्षेत्रका लागि पनि एकता र भाइचारा प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गरे। उनले भने, “यो मेला हाम्रो सांस्कृतिक पहिचानको हिस्सा हो, जसले धार्मिक आस्था र समर्पणलाई जनाउँछ।”

