बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा आएको बाढीपहिरोमा परेर तीनजना विदेशी नागरिकको मृत्यु भएको छ ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा दुईजना कोरियन नागरिकले ज्यान गुमाएका छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बीच रिसोर्टमा पहिरोले पुरेर उनीहरूको ज्यान गएको हो ।त्यसैगरी रामेछापको खाँडादेवी नगरपालिकामा पनि एकजना अमेरिकी नागरिकको पहिरोमा परेर ज्यान गएको छ ।

रामेछापकै खाँडादेवीमै एकजना भारतीय नागरिक घाइते घाइते भएका छन् । उता दोलखास्थित एक रिसोर्टमा पहिरोले पुरेर एकजना कोरियन नागरिक पनि घाइते छन् ।यता ललितपुरमा बाढीमा परेर तीनजना भारतीय नागरिक घाइते भएका छन् । पूर्वी नेपालको पाँचथरमा एकजना भारतीय नागरिक बाढीमा परेर बेपत्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ