बाढीले ले पुर्याएको क्षति प्रती जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले दुःख व्यक्त गर्दै सरकारलाई उद्धार र राहत कार्य मा जुटन आग्रह गरेका छन्।

काठ्माण्डौ १३ असोज / देशभर तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीले एक सय भन्दा बढी मानिसको ज्यान लिएको र ठूलो जनधनको क्षति पुगेको घटनाप्रति जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सांसद राजकिशोर यादवले दुःख व्यक्त गरेका छन्।

राजकिशोर यादवले यो दुःखद घडीमा सरकारले छिटोभन्दा छिटो उद्धार र राहत कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्ना पार्टीका कार्यकर्तालाई पनि उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।

यसका साथै, उनले बाढी प्रभावित क्षेत्रका जनतालाई तत्काल आवश्यक सामग्री र सहायताको व्यवस्था गर्न आग्रह गरेका छन्, ताकि प्रभावित व्यक्तिहरूलाई राहत मिल्न सकियोस्। यादवको भनाइमा, यस प्रकारका प्राकृतिक विपत्तिहरूमा सरकार र नागरिक समाजको समन्वय अत्यावश्यक छ।

यस घटनाले नेपाली समाजमा बाढीको जोखिम र यसको प्रभावलाई एकपटक फेरि उजागर गरेको छ। जनताको सुरक्षामा प्राथमिकता दिन र दीगो समाधान खोज्न सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आवश्यकता रहेको यादवको भनाइमा स्पष्ट भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ