नख्खु टहराको छतमा रहेकालाई भिजिबिलिटी नहुँदा हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री

काठमाडौँ — ललितपुरको नख्खुको नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । भिजिबिलिटीका कारण उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको र स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताए ।

नेपाल सरकारको कमान्ड पोस्टको सिंहदरबारमा बसेको बैठकपछि गृहमन्त्री लेखकले नख्खुमा भएको घटनाको विषयमा जानकारी दिएका हुन् । ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं,’ लेखकले भने ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थलमार्गबाट प्रयास गर्दागर्दै पनि नसकेको लेखकले बताए । उद्धारका क्रममा केही प्रहरी जवान बगेको र उनीहरूलाई भने उद्धार गरिएको उनले जानकारी दिए ।नख्खुमा केही व्यक्तिहरू टहराबाट बगेका छन् । उनीलाई उद्धारको प्रयास गर्दागर्दै नदीले बगाएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ