मकवानपुर १२ असोज / अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली,रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पानी पर्नेक्रम झन बढेर गएकाले डुबान र पहिरोको खतरा जिल्ला भर बडेकोले सबैलाई सुरक्षित रहन आग्रह छ।
प्रतिक्रिया

