सिरहा ०४ असाेज / आज महेशपुर पतारका प्रमुख इन्स्पेक्टर रबिन राज मैनालीलाई लक्ष्मीपुर पतारी गाउँपालिकाका लोकप्रिय युवा नेता चन्द्रशेखर यादवको नेतृत्वमा एक युवा समूहले स्वागत तथा सम्मान गरेको छ। उहाँले आगामी दिनहरूमा नागरिकलाई पूर्ण रूपमा स्वतन्त्र र दबाबमुक्त अनुभूति दिने प्रतिवद्धता जनाउँदै सुशासन कायम गर्ने आश्वासन दिनुभयो।

उहाँको नेतृत्वमा स्थानीय सुरक्षा र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित सबैले उहाँको यस प्रयासलाई सराहना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
प्रतिक्रिया

