काठ्माण्डौ, ०३ असाेज – नेपाल सरकारले काठमाण्डौ सहित देशका विभिन्न स्थानहरूमा संविधान दिवस मनाइरहेको छ। यद्यपि मधेशमा यो दिनलाई कालाे दिनको रूपमा सम्झिने गरिन्छ। मधेशका विश्लेषकहरूका अनुसार, नेपालमा पटक-पटक नयाँ संविधान जारी भए पनि मधेशी जनताको अधिकार सुनिश्चित गर्न असफल भएको उल्लेख गर्दै आएका छन्।

२०७२ सालको असाेज ३ गते, सरकारले ५२ प्रतिशत मधेशी जनताको अधिकारलाई खारेज गर्दै विवादास्पद संविधान जारी गर्यो। त्यसबेला लाखौं मधेशीले सडकमा उत्रेर विरोध प्रदर्शन गरे। आन्दोलनको क्रममा सरकारले अत्यधिक दमन गर्दै धेरैको जीवन लिएको थियो।
यसैले, मधेशी समुदायले यो दिनलाई कालो दिनका रूपमा मनाउँदै आएको छ। मधेशी नेताहरूका अनुसार, यो दिन मधेशी जनताको अधिकार र न्यायका लागि लडाईको स्मरण गराउने महत्वपूर्ण माइलस्टोन हो।

