जनकपुरधाम २३ भदाै / जसपा नेपालले मधेश प्रदेश समितिको बिस्तारीत बैठक सम्पन्न गरेको छ। बैठकमा जसपा नेपालको राष्ट्रिय उपाध्यक्ष राज किशोर यादव प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

बैठकको उद्देश्य पार्टीको आधारभूत संगठन निर्माण अभियानलाई प्रोत्साहन र थप अघि बढाउनु रहेको थियो। यादवले पार्टीको संगठनात्मक संरचना सुदृढ गर्न र जनताको अपेक्षालाई पूरा गर्नका लागि योजना र रणनीति प्रस्तुत गरे। यस अवसरमा, उपस्थित सदस्यहरूले पार्टीको आगामी योजनाबारे विचार विमर्श गरेका थिए र अभियानलाई सफल बनाउन विविध सुझाव राखेका थिए।



