चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ ।
यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।
जनकपुरधाम २२ भदाै / मधेश स्वाथ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएस (MBBS) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको छ। प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । यस स्वीकृतिसँगै, प्रतिष्ठानले चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ र स्थानीयस्तरमा स्वास्थ्य सेवा सुधार्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। अब, यहाँका विद्यार्थीहरूलाई उच्चस्तरीय चिकित्सा शिक्षाको अवसर प्राप्त हुनेछ।

