सिरहा २१ भदाै / बिहीबार सिरहा को लक्ष्मीपुर पतारी गा पा मा रहेका ईलाका प्रहरी कार्यालय महेशपुर पतार का प्रमुख (निरीक्षक) गोविन्द लाल कर्ण लाई गाँउ सुधार कमिटी पर्सा पोखरभिन्ड्डा लगायत लक्ष्मीपुर पतारी गाउपालिका युवाहरू द्वारा भव्य सम्मान तथा विदाई कार्यक्रम गरेका छन्।विदाई कार्यक्रमका प्रमुख अतिथी सोही वडा का अध्यक्ष रामचन्द्र चौधरी सहभागि कार्यक्रममा विभिन्न वक्ता हरूले आफ्नो कुराहरू राखेका थिए।

ला च आधारभूत विद्यालय मा आयोजन गरेका कार्यक्रममा आफ्ना मन्तव्य राख्ने क्रममा सोही गाउँपालिका का लोकप्रिय युवा नेता चन्द्रशेखर यादव ले भने कर्ण जी ईलाका प्रहरी कार्यालय महेशपुर को कमाण्ड सम्हाले देखि गुण्डा नाइके माफिया हरुको भागाभाग हुनुका साथै उहा एउटा सुशान कायम गर्नु मा अब्बल रहेको कुरा समेत भनेका छन्।

त्यस्तै अर्का वक्ता तथा कमिटीका सचिव पंकज कुमार यादव का अनुसार हाम्रो गाउँ सुधार अभियान मा उहाले कानुन तहत सहयोग गर्नु भएका ले उहाँलाई धन्यबाद दिएका छन्।

त्यस्तै कार्यक्रमको अन्तिम आफ्नो वक्तव्य राख्दै कमिटीका अध्यक्ष उमेश यादव का अनुसार हामीले यो अभियान शुरुवात यस गा पा काे २ नम्बर वडा देखि पालिका भरी यो अभियान लाई चालाउने योजना रहेको कुरा बताउँदै यस अभियानको क्रममा सहयोग गर्नु प्रहरि प्रशासन युवाहरुलाई धन्यबाद दिँदै कार्यक्रम समापन गरेका छन्।


