बालेन साहले सरकारलाई दियो खुला चुनौती : म गतल हो भने मलाई समाउ, हैन भने दोषीलाई समाउ।

काठमाण्डौ १८ भदाै / काठमाण्डौ महानगरका मेयर बालेन शाह केपी शर्मा ओली नेतृत्वको सरकारप्रति फेरी आक्रामक भएका छन् ।सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफु गलत भए पक्राउ गर्न चेतावनी दिदै अन्यथा दोषीलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

बालेनले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु हिँसा गरेको र तुरुन्त पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको पोष्ट हटेपछि अनेकौं टिप्पणी भइरहेका छन् । यसैबीच बालेनको सचिवालयले मंगलबार सो पोष्ट कसैले रिपोर्ट गरेका कारण फेसबुकले नै डाउन गरिदिएको स्पष्ट गरेको छ ।

यसै प्रसंगमा बालेनले पोष्ट उडाउने होइन भन्दै दोषीलाई समात्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

पछिल्लो केही समय यता बालेनकाे एक पछि अर्काे पाेस्ट ओली नेतृत्वको सरकारप्रति आक्रामक रुपमा आइरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ