जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा प्रतिनीधि सभा सदस्य राजकिशोर यादवले संसद मा सरकारलाई संविधान सम्झाउँदै सरकार भ्रष्टाचारी बचाउने खेलमा लागेकाे टिपनी गरेका छन्।

काठमाण्डौ १२ भदाै/ संसदमा विशेष समय लिएर जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय उपाध्यक्ष तथा प्रतिनीधि सभा सदस्य राजकिशोर यादवले सरकार भ्रष्टचार को फाइल नखोली टीकटक खोल्न मा व्यस्त रहेको जिकिर गरेका छन्।

त्यस्तै सरकार ले राज्य व्यवस्था समितिमा ल्याएका भ्रष्टाचार निवारण सम्बन्धी एन मा ५ वर्षे हद म्याद राखेको कुरा कदापि मान्य नहुने बताउदै, भ्रष्टाचारी को कुनै रङ्गरूप र समय नहुने ऊ मरेपनि उसको सम्पत्ति बाट असुल उपर हुनेगरी कानुन ल्याउन सरकार सङ्ग माग गरेका छन्।

१७ जनालाई राजदूत सिफारिस गर्दा दलित, मधेसी र थारुलगायतका समुदायको प्रतिनिधित्व नगरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । नेपाल विद्युत प्राधिकरणलाई ट्रंक र डेडिकेटेड लाइनबाट विद्युत उपभोग गर्ने उद्योगीले बक्यौता नतिरेको विषयमा संसद् अल्झिएको देखिएको पनि उनको भनाइ थियो । प्रतिपक्ष र सत्तापक्षले उक्त विषयमा विवाद गरेर संसद् अल्झाएको उनले बताए ।

संसद्को पहिलो र दोस्रो दल मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको पनि सांसद यादवको भनाइ थियो । उनले भने, ‘सरकार बन्दै गर्दा जनतामा आशा र भरोसा थियो कि जनजीविका, सुशासन, सामाजिक न्यायका सवालमा केही महत्त्वपूर्ण काम गर्छ तर सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूल्ठूला चुट्ने तर काम औँलामा गणना गर्नसक्ने छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ