सिरहाको लक्ष्मीपुर पतारी २ मा बोलबम मेला काे सम्पूर्ण तयारी पूरा भएको छ।

सिरहा ०१ भदौ / सिरहा जिल्लाको लक्ष्मिपुर पतारी गाउँपालिका -२ पाेखरभिण्डा पर्सा लक्ष्मी चौकमा मदन साह सुडी द्वारा निर्मित महादेब शिव मंदिरमा विगत झै यस बर्ष पनि जलढरी मेला लाग्न गइरहेकाे मेला समितिका सचिव मनाेज कुमार यादव ले दिएको जानकारी अनुसार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ। साथै मेला समितिले श्रदालुभक्तजनहरु भव्य रुपमा सहभागी भइ पुण्य आर्जित गर्ने सुनाैलो अवसर ग्रहन गरी जिबन धन्य बनाउन हुन मेला समिति बिनम्र अनुराेध गर्दछ ।

हाल सम्म यस जलढरी मेलामा आर्थिक सहयोग गर्ने महानुभावहरु निम्नानुसार रहेको छ ।

१. लक्ष्मीपुर पातारी गाउँपालिका बडा नं. २ द्वारा – रु. १,००,००१.०० (एक लाख एक रुपैया मात्र ) यस वडाका वडा अध्यक्ष श्री राम चन्द्र चौधरी ज्युलाई बिशेष धन्यवाद रहेको छ।
२. नेशनल लघुवित वित्तिय संस्था लिमिटेड का शाखा प्रमुख एवम् गाउँ सुधार कमिटी पर्सा पोखरभिण्डाका सचिब लक्ष्मीपुर पातारी गाउँपालिका बडा नं. २ पर्सा पोखरभिण्डा निवासी पंकज कुमार यादव द्वारा -रु. २,५०१.०० (दुई हजार पाँच सय एक रुपैया मात्र )
३. सिटिजन लाईफ ईन्स्युरेन्स गोलबजार शाखाको शाखा प्रमुख एवम् गाउँ सुधार कमिटी पर्सा पोखरभिण्डाका काेषाध्यक्ष लक्ष्मीपुर पातारी गाउँपालिका बडा नं. २ पर्सा पोखरभिण्डा निवासी श्री शशी शेखर यादव द्वारा -रु. १,००१.०० (एक हजार एक रुपैया मात्र )
४. लक्ष्मीपुर पातारी गाउँपालिका बडा नं. २ पर्सा निवासी श्यामसुन्दर सहनी द्वारा -रु. ७,५०१.०० (सात हजार पाँच सय एक रुपैया मात्र )
सम्पुर्ण सहयाेगी मनकारी महानुभावहरुलाई यस मेला कमिटी द्वारा बिषेश धन्यवाद अर्पण गरेका छन।

मेलाका कार्यक्रमहरु:-
१)२०८१/०५/०२ गते आइतबार बिहान पोखर्भिन्ड्डा पर्सा शिव मन्दिर परिसर बाट उत्तर बाहिनी का लागि डाक बम लगाएतका बमहरुलाई लिएर प्रस्थान गर्ने छन्।
२) आईतबार राति देखि सोमबार को राति सम्म सांस्कृतिक नाच कार्यक्रम छ।
३) सोमबार विहान शिव मन्दिर मा जल अर्पण गर्ने कार्यक्रम र दिउँसो मेला रहने छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ