पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा जवाफ दिएर बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन् ।

‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला निराधार हो । आशंका र भ्रम पनि भए’, उनले भने, ‘जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो गलत हो । पार्टीभित्रको सबै समस्या अब मिलिसक्यो ।’

यसअघि उपमहासचिव शर्माले पार्टीमा दस्तावेज पेश गर्दै अब प्रचण्डको विकल्प खोजिनुपर्ने बताएका थिए । उनले अब नेतृत्वको विकल्प खोज्ने समय आएको भन्दै प्रचण्डले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ