प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । प्रतिनिधिसभामा उनले संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे ।
‘हामीले कठिन स्थितिमा संविधान निर्माण गरेका हौं । त्यसैगरी संविधान संशोधन गर्छौँ । संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदै छैन भन्ने होइन । हामीले मिलेर संविधान बनाएका हौं । मिलेर कार्यान्वयन गर्छौँ’, प्रधानमन्त्रीले भने ।
प्रतिक्रिया

