जनकपुरधाम -जनता समाजवादी पार्टी, नेपाल निकट भातृसंगठन समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियन, नेपालको आयोजनामा मधेश प्रदेश सरकारले जम्बो मन्त्रीमंडल गठन गरि संघीयता विरोधी गतिविधिमा लागेको भन्दै चरणबद्ध आन्दोलन घोषणा अन्तर्गत आज जनकपुरधाममा सिटि जुलुस प्रदर्शन गरेको छ।
जम्बो मन्त्रीमण्डलले संघियतालाई बदनाम गर्ने प्रयास गरेको, बिगतका सरकारले स्थापना गरेको मधेशको गौरबको योजनाहरुलाई ध्वस्त पार्ने प्रयास गरि रहेको भन्दै युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गर्दै भन्ने, अहिले जनमत नेतृत्वको सरकारले संघियता बिरोधीहरुको ईसारामा संघियतालाई नै समाप्त पार्ने प्रयास गरि रहेको भन्दै आन्दोलनकारीहरुले मुख्यमन्त्रीहरुको राजिनामा मांग समेत गरेको छ।
जनमत नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका कुरा गरेर सरकार बनाएको हो। तर ठाक्कै उल्टो गरिरहेका छन्। जनमतले शिक्षाको कुरा गर्छन्, प्रदेश सरकार अन्तर्गत रहेका मधेश बिश्वबिद्धालय र कृषि बिश्वबिद्धालयहरुलाई १० लाख रकम मात्रै बिनयोजन गरिन्छ। कुरा गर्छन्, साहित्य, संस्कृति, कला र रितिरिवाजको र मधेश प्रज्ञा-प्रतिष्ठानलाई बजेटमा कतै नाम उल्लेख गरेको छैन। कुरा गर्छन्, रोजगारको तर रोजगार नाममा २० मन्त्री मण्डल गठन गरिन्छ। कुरा गर्छन्, स्वास्थ्यको र स्वास्थ्यकर्मीहरुको सरुवा बढुवा र नियुक्तिमा पैसा लिएर नियुक्ति र सरुवाबढुवा गरिन्छ। बिगतका सरकारले बनाएको संरचनाहरुलाई संघीयता बिरोधिहरुको इसारामा ध्वस्त पार्ने काम गरेको देखिन्छ।
जनक चौकबाट शुरु भएको प्लेकार्ड सहितको सिटि जुलुस भानु चौक हुँदै मुख्यमन्त्री कार्यालयको मुलद्वार पुगेर सम्पन्न भएको थियो। जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरीहरुसंग केही बेर घम्साघम्सी समेत भएको थियो। मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याकसम्म पुगेको थियो। कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन मांग गरेका हुन। चरणबद्ध आन्दोलन अन्तर्गत भोलि मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

