महोत्तरी -बंगलादेश मा करिब एक महिना देखि चलेको विद्यार्थी आरक्षण कोटा आन्दोलन ले शेख हसिना सरकार मात्र ढलेन शेख हसिना लाई देश बाट विस्थात भएर भारत को सरण लिन बाध्य बनाएको छ। त्यसै आन्दोलन को क्रममा केही अराजक आन्दोलन कारीहरु द्धारा बंगलादेशमा हिन्दूकाे मठ मन्दिर तोडफोड गर्दै आएको छ। मठ मन्दिरहरु तोडफोड रोक्न आरजकता को विरुद्धमा आज हिन्दू सम्राट सेना जलेश्वर शाखाले जलेश्वरमा विरोध प्रदर्शन गरेका छ्न ।सेनाले हिन्दू विरोधी गतिविधि रोक्न को लागि पहल गर्न नेपाल सरकार सङ्ग माग गरेको छ।

