काठमाडौँ — विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया

