सरकारलाई चुनौती दिदै सरकारको अनुदान लिएर मल कारखाना नचलाउने शैलेन्द्र राणाको उदघोष।

काठमाडौं १४ भदाै/  आरोह फर्टिलाइजर्सले धनुषामा रासायनिक मलको विकल्पमा जैविक मल उत्पादन सुरु गरेको छ । आरोह फर्टिलाइजरका अध्यक्ष शैलेन्द्र शमशेर राणाले यो फाइजर, अल्टो नोड केयर, बायो पोटास, बायो एनपीके, बायो पीएसबी र जेडएन बुस्ट तरल मल उत्पादन सुरु भएको जानकारी दिए । उनले भने सरकारसँग अनुदान लिएर मल उत्पादन नगर्ने बरु सरकारले चाहेमा सिँधै किसानलाई अनुदान दिन अनुरोध पनि गरे ।

आरोह फर्टिलाईजर्स अध्यक्ष राणाले फर्टिलाईजर्स मलमा नेपाल सरकारले आवश्यक अनुदान दिए प्रतिकेजी ८ रुपैयाँ मल बिक्री गर्ने बताए । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । कम्पनीले ६ प्रकारका तरल, ४ प्रकारका दानादार तथा पाउडर र दुई प्रकारका किटनाक मल उत्पादन सुरु गरेको जानकारी दिएको छ ।

अध्यक्ष राणाले भने ‘बायो अर्गानिक, पीआरओएस, पोटास र कम्पोस्ट जस्ता दानादार तथा पाउडर तथा बायोभिरया र ट्रिको केयर किटनाशक मल पनि उत्पादन गरिरहेको छ।’

कम्पनीले कुल २८ करोड लागतमा धनुषाामा साढे तीन बिघा जमिनमा मल उत्पादन सुरु गरेको हो । रासायनिक मलले माटोको उर्वर शक्ति घटाएको भन्दै उनले यस जैविक मलले भने उर्वर शक्ति बढाउने र माटोको गुमेको गुणस्तरलाई पनि सुधार गर्ने बताएका छन् । प्राकृतिक वस्तुबाट मल तयार गरिने हुँदा यसले कुनै हानी नगर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ