सिरहामा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सिरहा, ८ माघ / सिरहाको गोलबजार नगरपालिका-१२ बेतौना निवासी १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतोलाई सोमबार राति कटुवा पेस्तोल र फलामको नकसहित पक्राउ गरिएको छ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार, दुवै युवक मैनाबत्ती खोलामा भएको मेलामा झगडा गर्दै भाग्दै गर्दा प्रहरीको समन्वयमा पक्राउ परेका थिए। जाँच गर्दा प्रमोदको साथबाट १ थान कटुवा पेस्तोल र विष्णुको साथबाट फलामको नक फेला परेको थियो।

प्रहरीका अनुसार, दुवै युवकलाई इलाका प्रहरी कार्यालय गोलबजारले हातहतियार सम्बन्धी आरोपमा पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ