लक्ष्मीपुर पतारीमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको आगमन, खेलकुद सामग्री वितरणसँगै युवामा उत्साह

जनजागरण संवादाता / रामशंकर यादव

सिरहा २२ मंसिर  / आईतबार लक्ष्मीपुर पतारी गाउँपालिका–२ स्थित श्री जनता डोमी चौधरी माध्यमिक प्राविधिक विद्यालय, पोखरभिन्ड्डा पर्सा मा खेलकुद सामग्री वितरण तथा विद्यालय निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। जेन–जि गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादवको पहलमा आयोजित उक्त कार्यक्रम जेन–जि अगुवा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको विशेष उपस्थितिमार्फत सम्पन्न भयो।

मन्त्री गुप्ताको आगमनसँगै गाउँपालिकाभरिका युवामा नयाँ जोश, उत्साह र ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा विभिन्न खेलकुद सामग्री वितरण गर्नुका साथै विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिहरूको अवलोकन गरिएको थियो।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष रामचन्द्र चौधरी, स्वर्स नेपालका म्यानेजर कर्म शेर्पा, दोर्ची शेर्पा, नि. प्र. अ. तारणि प्रसाद चौधरीसहित स्थानीय शिक्षक, समिति प्रतिनिधि, युवाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले विद्यालय र स्थानीय युवाबीच खेलकुद गतिविधिप्रतिको आकर्षण अभिवृद्धि गर्नुका साथै गाउँपालिकामा खेलकुद विकासको नयाँ दिशानिर्देशन मिलेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ