लक्ष्मीपुर पतारी–२ पोखरभिन्ड्डा पर्सामा दोस्रो अध्यक्ष गोल्ड कप सम्पन्न

जनजागरण संवादाता /  रामशंकर यादव

सिरहा २९ कार्तिक /  लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्ड्डा पर्सा स्थित श्री जनता डोमि चौधरी माध्यमिक (प्राविधिक) विद्यालयको प्राङ्गणमा शुक्रबार आयोजित दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिताको समापन खेल भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटनदेखि पुरस्कार वितरणसम्मको कार्यक्रममा स्थानीय प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर, जेन जेड लक्ष्मीपुर पतारी गाउँपालिका समिति अध्यक्ष चन्द्रशेखर यादव, वडा अध्यक्ष रामचन्द्र चौधरी सहित अन्य सामाजिक अगुवाहरूको सहभागिता थियो।

वक्तव्य राख्दै जेन जेड अध्यक्ष चन्द्रशेखर यादवले खेलकुदले समाजमा एकता, भाईचारा र सकारात्मक ऊर्जा बढाउने उल्लेख गर्दै युवाहरूलाई खेलकुदमा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्न आग्रह गरे। त्यस्तै, गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले स्थानीय तहले खेलकुद प्रवद्र्धनका कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिताको अन्त्यमा विजेता तथा उप–विजेता टिमलाई ट्रफी, पदक तथा पुरस्कार वितरण गरिएको आयोजक समितिले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ