लहानमा जेन–जि समितिको प्रदर्शन: भ्रष्टाचारविरुद्ध विशाल र्‍याली, माग पूरा नभए कडा आन्दोलनको चेतावनी

जनजागरण संवादाता /  रामशंकर यादव

सिरहा २८ कार्तिक / लहान क्षेत्रमा देखिएका विभिन्न भ्रष्टाचारका घटनाविरुद्ध जेन–जि समितिद्वारा लहान नगरपालिकामा आयोजित विरोध जुलुस तथा मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाभित्रका विभिन्न पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताले प्रदर्शनलाई झनै सशक्त बनाएको थियो।

आन्दोलनको क्रममा लहान नगरपालिका का नगर प्रमुख महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा कार्यालयमै अनुपस्थित रहेको भन्दै प्रदर्शनकारीहरूले कडा आक्रोश प्रकट गरे।

विरोध कार्यक्रममा जेन–जि अगुवा चन्द्रशेखर यादव, सुदिप कुशवाहा, सुभाष जायसवाल, पंकज गोस्वामी, भोलाजित नेपाल लगायतका अगुवाहरूले नेतृत्व गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै यादव, कुशवाहा र गोस्वामीले एक महिनाअघि राखिएका आफ्ना मागहरू अझै पूरा नभएकै कारण बाध्य भएर सडकमा उत्रिनु परेको बताए।

उनका अनुसार मागहरू तत्काल सम्बोधन नगरे थप कडा र व्यापक आन्दोलन गर्ने जेन–जि समितिको तयारी छ।

समितिले भ्रष्टाचारविरुद्धको यो अभियानलाई निरन्तरता दिने घोषणा समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ