जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १६ कार्तिक / लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २, पोखरभिन्ड्डा पर्सामा गढीमाई युवा क्लबद्वारा आयोजित “दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२” प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ। मिति २०८२ साल कार्तिक १७ गते सोमबारदेखि सुरु हुने भनिएको प्रतियोगिता लगातार वर्षाका कारण खेलमैदान उपयोगयोग्य नहुँदा हाललाई केही दिनका लागि स्थगित गरिएको क्लबले जनाएको छ।
क्लबका अनुसार नयाँ मिति पछि सूचना मार्फत सार्वजनिक गरिनेछ। प्रतियोगितामा सहभागी टिमहरू, खेलप्रेमी तथा शुभेच्छुकहरूलाई क्लबले समझदारीका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ।

