वार्मअप म्याचमा नेपालको सहज जित, ओमानलाई ६ विकेटले हरायो

काठमाडौं १९ असोज  — आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप शनिबार ओमानसँग भएको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ।

१ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। ओपनर आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दै जितको आधार तयार पारे। कप्तान रोहित पौडेलले २५ रन जोड्दा कुशल भुर्तेलले ११ र कुशल मल्लले १० रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ