महाअष्टमीको अवसरमा प्रधानमन्त्री मोदीले चित्तरञ्जन पार्कमा गरे दुर्गा पूजा दर्शन

भारतभरि धुमधामका साथ मनाइँदै गरेको नवदुर्गा पर्वको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्गाअष्टमीका दिन दिल्लीस्थित चित्तरञ्जन पार्कमा पुगेर दुर्गा पूजामा सहभागी भएका छन्।

मङ्गलवार, २०२५ सेप्टेम्बर ३० का दिन महाअष्टमीको विशेष अवसरमा प्रधानमन्त्री मोदीले माता भगवतीको दर्शन गरी राष्ट्रको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। चित्तरञ्जन पार्कमा आयोजित परम्परागत ढंगको दुर्गा पूजा उत्सवमा सहभागी हुँदै उनले पण्डालमा उपस्थित श्रद्धालुहरूसँग भेटघाट गरे र आयोजक समितिलाई सफल कार्यक्रमको लागि बधाई पनि दिए।

प्रधानमन्त्रीको उपस्थितिले उत्सवमा थप उल्लास भरिएको आयोजकहरूले बताएका छन्। दुर्गा पूजाको यो पावन अवसरमा उनले भारतीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता धार्मिक र सांस्कृतिक पर्वहरूको महत्वसमेत उल्लेख गरे।

चित्तरञ्जन पार्क क्षेत्र विशेष गरी बंगाली समुदायको घना बस्ती भएकोले यहाँको दुर्गा पूजा दिल्लीका प्रमुख धार्मिक आकर्षणमध्ये एक मानिन्छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि यहाँ भव्य रुपमा दुर्गा पूजाको आयोजना गरिएको छ, जहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू, भजन, नृत्य तथा पारम्परिक भोजनको समेत व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको बताइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ