जनजागरण संवादाता / रामशंकर यादव
सिरहा १० जेष्ठ / लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा साझा विकास ट्रेनिङ्ग तथा परामर्श सेवा प्रा.लि.को आयोजनामा महिलाहरुका लागि झोला बनाउने सिपमूलक तालिमको उद्घाटन सत्र सम्पन्न भएको छ। ग्रामीण महिलालाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको अध्यक्षता संस्थाकी प्रबन्धक संगीता चौधरीले गर्नुभयो।
उद्घाटन सत्रमा समाजवादी विद्यार्थी युनियन नेपाल, मधेश प्रदेशका उपाध्यक्ष तथा बौद्धिक नेता चन्द्रशेखर यादव प्रमुख वक्ताका रुपमा सहभागी हुनुहुन्थ्यो। उहाँले महिलाको सिप विकास समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य, वडा सचिव मदन मोहन चौधरीसहित विभिन्न सामाजिक अगुवा, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमबाट महिलाहरूले झोला बनाउने व्यावसायिक सीप सिक्ने अवसर पाएका छन्, जसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै स्वरोजगार सिर्जनामा प्रेरित गर्नेछ। आयोजक संस्थाले आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
महिलाहरूको सीप विकासमार्फत सामाजिक तथा आर्थिक सशक्तिकरणमा योगदान पु-याउने उद्देश्यसहित सुरु गरिएको यो तालिम कार्यक्रम ग्रामीण क्षेत्रको विकासमा एक सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

