सिरहा लक्ष्मीपुर पतारी उपाध्यक्ष चन्द्रशेखर यादव को प्रमुख आतिथ्यता मा एक महिने पलम्बिङ तालिम उद्घाटन

जनजागरण संवादाता / रामशंकर यादव

सिरहा ७ चैत्र /समाजवादी विद्यार्थी युनियन मधेश प्रदेशका उपाध्यक्ष र बौद्धिक नेता चन्द्रशेखर यादवको प्रमुख आतिथ्यतामा, वडा अध्यक्ष ब्रह्मदेव देव यादव, र उद्योग विभागका नि प्रमुख निसु कुमारी यादवको अध्यक्षतामा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ खरुक्याहि मा पालिका स्तरीय उद्योग विभाग वीरगञ्जद्वारा एक महिने पलम्बिङ तालिम उद्घाटन गरिएको छ।

कार्यक्रममा विशेष उपस्थिति जनाउन आएका घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख किशोरी शरण यादव लगायत स्थानीय नेताहरु र जनप्रतिनिधिहरुको सहभागिता देखियो। तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि चन्द्रशेखर यादवले उपस्थितलाई सम्बोधन गर्दै भने, “युवाहरु सक्षम र दक्ष भएमा केवल उनीहरूको परिवार, समाज मात्र होइन, समग्र गाउँपालिका पनि समृद्ध र सबल बन्न सक्छ।” उनले यो तालिम युवाहरुलाई पेशागत सीप र दक्षता प्राप्त गराउनका लागि महत्वपूर्ण कदम भएको र यसका माध्यमबाट उनीहरुको भविष्य उज्जवल बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा अध्यक्ष ब्रह्मदेव देव यादवले स्थानीय युवाहरुलाई तालिमबाट प्राप्त हुने सीप र ज्ञानको महत्त्वलाई जोड दिँदै यस किसिमका कार्यक्रमले समाजको आर्थिक र सामाजिक स्थितिमा सकारात्मक प्रभाव पार्ने बताए।

उद्योग विभागका नि प्रमुख निसु कुमारी यादवले आफ्नो सम्बोधनमा भने, “पलम्बिङ तालिमले स्थानीय युवाहरुलाई रोजगारीका अवसरहरू प्रदान गर्नेछ र यसले साना उद्योग र प्रविधिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”

कार्यक्रमको समापनमा तालिमका लागि आवश्यक जानकारी र तालिम सञ्चालनका कार्यहरू साझा गरिएका थिए, र भविष्यमा यस किसिमका तालिमहरूलाई थप प्रवर्धन गर्ने योजना प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ