जनजागरण संवादाता / रामशंकर यादव
काठमाण्डौ ६ चैत्र / जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन नेपाल का मधेश प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादवले आगामी SEE परीक्षा (संघीय शिक्षा परीक्षा) मा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई शान्तिपूर्ण र उत्सवको रूपमा परीक्षा दिन आग्रह गरेका छन्।
उनले आगामी ७ गते (भोलि) बाट सुरु हुन लागेको SEE परीक्षा सन्दर्भमा एक सार्वजनिक संदेश जारी गर्दै विद्यार्थीहरूलाई कुनै पनि प्रकारको भय, डर वा तनाव बिना शान्तिपूर्वक परीक्षा दिन अनुरोध गरेका छन्। यादवले भने, “परीक्षा जीवनको एक महत्त्वपूर्ण अवसर हो र यसलाई उत्सवको रूपमा लिनुहोस्। विद्यार्थीहरूले आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्दा कुनै प्रकारको भइभित नगरी शान्तिपूर्ण र धैर्यपूर्वक परीक्षा दिन आवश्यक छ।”
यादवले थप भने, “समाजवादी विद्यार्थी युनियनको तर्फबाट हामी सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहित गर्न चाहन्छौं कि, उनीहरूको आत्मविश्वास बलियो राख्न र आफूलाई संकुचित नगरी सकारात्मक सोच र मेहनतका साथ परीक्षा तयारीमा जुट्न। बाह्य दबाबलाई नजरअंदाज गर्दै परीक्षा दिने कार्यमा पूर्ण समर्पण गरौं।”
चन्द्रशेखर यादवले परीक्षा केन्द्रहरूमा शान्ति र सुव्यवस्था कायम राख्नको लागि सबै विद्यार्थी र परीक्षा व्यवस्थापकहरूको सक्रिय सहभागिता पनि महत्त्वपूर्ण रहेको कुरा बताए। उनले मधेश प्रदेशका विद्यार्थीहरूको तयारी राम्रो रहेको र परीक्षा केन्द्रहरूमा कुनै पनि अव्यवस्था नहोस् भन्ने विश्वास व्यक्त गरे।
अन्त्यमा, चन्द्रशेखर यादवले सबै विद्यार्थीलार्ई सफलताको शुभकामना दिँदै, परीक्षा शान्तिपूर्ण, उत्सवपूर्ण र बिना कुनै समस्या सम्पन्न हुने आशा व्यक्त गरे।

