नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन सहकार्यको आवश्यकता: सभापति यादव

जनजागरण प्रमुख / चन्द्रशेखर यादव

काठमाडौँ, १५ फागुन – नेपाल-भारतको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई सुदृढ गर्दै साझा अवसरहरूको लाभ लिन सहकार्यको महत्त्व रहेको बताउँदै, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले दुई देशका सम्बन्धलाई अझ प्रगाढ बनाउन जोड दिएका छन्।

भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल-भारत सम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारत बीचको लम्बे समयदेखि कायम रहेको सभ्यतागत र जनस्तरीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने कुरा जोड दिएका छन्।

साथै, उनले बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन र भौतिक तथा डिजिटल सम्पर्कमा विस्तार गर्ने महत्त्वपूर्ण कदमहरू अघि बढाउन आह्वान गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ