सत्ता गठबन्धनको अस्तित्व संकटमा: जनमत पार्टीको ८ बुँदे वक्तव्यले मधेशमा ठूलो भूचाल ल्याउने आशंका

जनजागरण संवादाता / रामशंकर यादव
जनकपुरधाम २१ पौष / जनमत पार्टीको ८ बुँदे वक्तव्यले सत्ता गठबन्धनलाई गहिरो संकटमा पार्न सक्छ भन्ने आशंका व्यक्त गरिएको छ। आफ्ना कामकाजी असफलताका कारण सरकारलाई आक्षेप लगाउँदै जनमतले अन्य गठबन्धन दलहरूलाई दोष दिएर आफ्नो असक्षमता ढाक्ने प्रयास गरेको आरोप लगाएको छ।

शुक्रबार सार्वजनिक गरिएको उक्त वक्तव्यमा जनमत पार्टीले कांग्रेस र एमालेका नेताहरूलाई सत्ता गठबन्धनको असफलता र सरकारको विघटनको जिम्मेवार ठहर गर्दै गम्भीर आरोपहरू लगाएको छ। वक्तव्यमा जनमतले भनेको छ कि कांग्रेस र एमालेका मन्त्रीहरू घुसका लागि दबाब दिँदै र सचिवहरूलाई ‘सरकार ढलिहाल्छ’ भनेर काम नगर्न दबाब दिन थालेका छन्।

यस्तो वक्तव्यले मधेशमा गठबन्धनमा विभिन्न प्रतिक्रियाहरू ल्याएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच अब यो विषयमा आन्तरिक छलफल सुरु भएको जनाइएको छ। जनमतको आरोपको खण्डन गर्दै एमालेका नेताहरूले यसलाई आफ्नो असक्षमता र गल्तीलाई ढाकछोप गर्ने प्रयास भनेका छन्।

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादवले भने, “यो विषयलाई चार दलीय सत्ता गठबन्धनको बैठकमा उठाइनेछ र छलफल गरिनेछ।”

आशंका व्यक्त गरिएको छ कि जनमत पार्टीको वक्तव्यले मधेश प्रदेशको गठबन्धनलाई थप टुट्ने वा धरापमा पर्ने जोखिम पुर्याउन सक्छ। यो घटनाले आगामी दिनहरूमा राजनीतिक जटिलताहरूको सामना गर्ने सम्भावना रहेको छ। साथै जनमत लाई गठबंधन बाट छिटै निकाल्ने संभावना समेत रहेका छन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ