जनजागरण सम्बादाता/ रामशंकर यादव
काठ्माण्डौ १५ पौष / जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनीधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले भने, “तमु ल्होसारले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरू बीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत गर्ने छ।”
उपाध्यक्ष यादवले थपे, “नेपालमा तमु जातिले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्छ।”
यस पर्वले नेपालका विभिन्न जातजातिका बीचमा आपसी सम्मान र मेलमिलाप बढाउँदै सामाजिक सद्भाव र समृद्धिमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।

