आई ओएफ टी सी च्याम्पियन स्वर्ण विजेता पुरस्कृत

काठमाडौं, भदौ २९ गते । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई एक लाख रुपियाँसहित सम्मान गरेको छ ।

सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको दुई सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो । आईओएफटीसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जित्नुधएको थियो ।

उहाँले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुनुहुन्छ । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभएको थियो ।

भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जानकारी दिनुभयो । सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बनेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि २५ हजार रुपियाँसहित सम्मान गरिएको थियो । आईओएफटीसीले नेपालमै गत वैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गर्नुभएका

वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरेको थियो । खेलाडी, निर्णायक र प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ