इजिप्टबाट गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार

इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ। इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो।

इजरायली जनताको ध्यान विचलित गर्न इजिप्टको नाम द्वन्द्वमा तान्न खोजेको आरोप इजिप्टले लगाएको छ। इजिप्टले इजरायली सरकारलाई यस्तो दाबी गर्ने परिणामको लागि जिम्मेवार ठहराएको छ। जसले क्षेत्रीय अवस्थालाई थप बिग्रनसक्ने चेतावनी दिएको छ। इजिप्टले यस क्षेत्रको शान्ति प्रक्रियाको नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गरिरहने मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले इजिप्ट–गाजा सीमामा रहेको १०० मिटर चौडा र १४ किलोमिटर लामो बफर जोन र रफाह क्रसिङको प्यालेस्टिनी पक्षलाई मे महिनामा नियन्त्रणमा लिएको थियो। जसले गर्दा सहायता ट्रकको प्रवेशमा रोक लगाइएको थियो।

युद्धविराम वार्ताका कैयौं चरणहरूमा इजिप्टले बारम्बार इजरायली सेनालाई करिडोर र रफाह क्रसिङबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने मागलाई जोड दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ